
बिहीबार राजपा नेपाल संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
बैठकले पार्टी संसदीय दलको विधानको मस्यौदा निर्माण गर्न सांसद लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ ।
यस्तै, बैठकले संसदीय दल सन्चालनका लागि प्रत्येक सांसदबाट मासिक १० हजार रुपैयाँ ‘लेवी’ उठाउने निर्णय गरेको अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
बैठकमा संसदीय दलको नेता चयन, विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र संसदमा दलको भूमिकालगायतका विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्