२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नयाँदिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट ३० लाखको कपडा बरामद


0
Shares

भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना६प ६३०२ नम्बरको पर्यटक बसमा फल्स बटम बनाइ काठमाडौं भित्र्याउन लागेको अवस्थामा प्रहरीले बिहीबार नागढुंगाबाट सो कपडासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सोही बसका चालक रामबहादुर थोकर रहेका छन् । बसका सहचालक र बस धनी रमेश खड्का भने फरार छन् । उनीहरुको खोजी भइरहेको परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेका चालक थोकरलाई बिहीबारै प्रहरीले पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ ।

त्यसैगरी, प्रहरीले विभिन्न व्यक्तिहरुलाई नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने र विदेश पठाउने भन्दै सर्वसाधारणलाई ठग्ने चारजनालाई पनि पक्राउ गरेको छ ।

उनीहरुले विभिन्न व्यक्तिहरुबाट करिब १ करोड १५ लाख रुपैयाँ रकम उठाएको प्रहरीको दाबी छ ।

त्यस्तै, प्रहरीले नक्कली सर्टिफिकेट बनाएको अभियोगमा काठमाडौं, कीर्तिपुरका दुर्कबहादुर महर्जनलाई पक्राउ गरेको छ ।