१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


कक्षा–११ र १२ को परीक्षा फारम भर्न छुटेका विद्यार्थीलाई पुनः फाराम भर्ने मौका


0
Shares

परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्बर दस्तुर तिरेर यही चैत २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो ।

देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र जरिवाना तिरेर भर्न पाइने व्यवस्था गरिएको छ ।

परीक्षाका लागि देशभर गत वर्षभन्दा ५७ परीक्षा केन्द्र थप गर्दै बोर्डले एक हजार ४९ केन्द्र निर्धारण गरेको छ ।

आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा–१२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेबाट कक्षा–११ को परीक्षा सुरु हुनेछ ।

परीक्षामा देशभरबाट ९ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुनेछ । रासस