२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हामी भारतसँग वास्तविक मित्रता बढाउन चाहन्छौं : प्रधानमन्त्री


0
Shares

आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने–‘हामी मन दबाएर होइन, सोझो हिसाब–किताबले वास्तविक मित्रता बढाउन चाहन्छौं ।’

उनले भारत भ्रमण हतारमा हुन लागेको भएपनि कुनै काम नबिगार्ने गरी प्रस्तुत् हुने स्पस्ट गरे ।

परराष्ट्रसचिव शंकरदास वैरागीले निर्वाचनलगत्तैको सरकारको महत्व हेरी सोहीअनुसारको तयारी मन्त्रालयले गरिरहेको बताए । रासस