
काठमाडौं, मंसिर ६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारक मानिने खस्रेरोग अर्थात् ट्रकोमा निवारण भएको घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ट्रकोमा निवारण स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको बताए ।
स्वास्थ्यमन्त्री यादवले अरु रोग निवारण अभियानका लागि पनि पहल भइरहेको जानकारी दिए ।
नेपालमा सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा सन् २००२ देखि ट्रकोमा निवारण कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सुरु हुनुअघि करिब २० जिल्लामा यो रोग महामारीकारुपमा फैलिएको थियो ।
ट्रकोमा आँखामा हुने एक संक्रामक रोग हो । जसले मानिसको आँखामा अन्धोपनसम्म गराउँछ ।
प्रतिक्रिया दिनुहोस्