२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युरोपा लिग : आर्सनल र एथ्लेटिको मड्रिड विजयी


0
Shares

क्वाटरफाईनल पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले रुसको सिएसकेए मस्कोलाई ४–१ ले हरायो । आफ्नै मैदानमा आर्सनललाई विजयी गराउन आरोन राम्से र अलेक्जेण्डर लाकाजेट्ले दुई–दुई गोल गरे ।

जितसँगै आर्सनलले युरोपा लिगको सेमिफाईनल पुग्ने सम्भावना बलियो पारेको छ ।

गएराति भएको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले पोर्चुगलको स्पोर्टिङलाई २–० ले पराजित गर्‍यो । खेलमा एथ्लेटिकोलाई विजयी गराउन कोके र एन्टोनियो ग्रेजम्यानले एक–एक गोल गरे ।

क्वाटरफाईनल पहिलो लेगकै अन्य खेलहरुमा इटालीको लाजियोले अष्ट्रियाको साल्जबर्गलाई ४–२ ले हराँउदा जर्मनीको आरबी लेप्जिगले फ्रान्सको मार्सेलाई १–० ले पाखा लगायो ।