मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा एकजनाको मृत्यु • Image Khabar Image Khabar


मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा एकजनाको मृत्यु


Imagekhabar
२३ चैत्र २०७४, शुक्रबार ०७:३६

मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा एकजनाको मृत्यु

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२८प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै २२ वर्षीय विजय विश्वकर्मा गम्भीर घाइते भएका छन् । उनको धरानमै उपचार भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्