Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


प्रधानमन्त्री ओली भारत प्रस्थान


0
Shares

बिहान ९ बजे नेपाल वायु सेवा निगमको विमानबाट उनी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा ९एमाले० का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु विमानस्थल पुगेका थिए ।

संवैधानिक निकायका प्रमुख, निजामति, सेना, प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारी पनि बिदाइमा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओली आइतबार फर्कने कार्यक्रम छ । उनको टोलीमा काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित ५४ जना छन् ।

 

Skip This