
काठमाडौं । दक्षिण कोरियाका एक जना पादरीलाई बलात्कारको अभियोगमा १५ वर्षको जेल सजायं सुनाइएको छ ।
७५ वर्षिय पादरी ली जा रकले आफ्ना आठ जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा यो सजाय सुनाइएको हो ।
आफुमा दैवी शक्ति रहेको भन्दै पादरीले घृणित कार्य गरेको पीडितहरुको दाबी छ । तर पादरी लीले भने आरोप अस्वीकार गरेका छन् ।
आठ जना महिलाले पादरीविरुद्ध आपराधिक मुद्धा दर्ता गरेपछि उनी गत मे महिनामा पक्राउ परेका थिए ।
राजधानी सोलस्थित मामिन केन्द्रीय चर्चका पादरी लीका १ लाख ३० हजार अनुयायी रहेको बताइन्छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्