
घरमा कोही परिवार नभएका बेला स्थानीय राधा डाँगीको घरको कोठामा आगलागी भएको हो । आगलागीबाट कोठाको सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कोठाको पलङ्ग, विस्तारा, दराज, कुर्सी, कागजपत्र गरी करिव ३ लाख रुपैयाँ बराबरको सामाग्री जलेर खरानी भएको पीडित राधा डाँगीले बताईन् ।
एक साताका लागि भारतस्थित हरिद्वारको तिर्थ भ्रमण सकेर बिहीबार बेलुकी घर फर्किदा कोठाभित्र आगलागी भै सबै सामाग्री खरानी भएको उनले बताइन् । कोठामा कहिले र कसरी आगलागी भयो भन्ने बारेमा कुनै अनुमान गर्न नसकिएको उनको भनाइ छ ।
कसैले आगो लगाएको हुनसक्ने आशंका गर्दै आगलागीको छानविन गर्न उनले माग गरेकी छन् ।
कोठाभित्र आगलागी भएपनि टोलमा कसैले थाहा नपाएको भानुभक्त टोल निवासी गुलरिया नगर कार्यपालिका सदस्य शान्ता परियारले बताईन् । उनले क्षतिपूर्ति दिलाउन र आगलागीको अनुसन्धान गर्न आफूले पहल गर्ने बताईन् ।
प्रतिक्रिया दिनुहोस्