१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ओली र मोदीबीच अनौपचारिक भेट, मोदीले भने–खुशी लाग्यो


0
Shares

दुई प्रधानमन्त्रीबीच आजमात्रै औपचारिक भेट हुने कार्यक्रम रहे पनि मोदीको सरकारी निवासमा हिजो साँझ दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

भेटमा नेपालतर्फबाट प्रधानमन्त्री ओली एक्लै गएका थिए । दुई नेताबीच भएको कुराकानी सम्बन्धमा भने केही पनि सार्वजनिक गरिएको छैन ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लागेको सन्देश ट्विटरमार्फत दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भवनमै भएको राजनीतिक भेटघाटमा जनता दल युनाईटेडका शरद यादव, भारतीय कम्युष्टि पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, डीपी त्रिपाठीलगायतले पनि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् ।