
नेपाल आदर्श विद्यालयका पूर्व विद्यार्थीहरुले सोही विद्यालयका शिक्षक तथा शिक्षिकालाई सम्मान गर्न काठमाडौंमा गरिएको कार्यक्रममा शाक्यले शिक्षा क्षेत्रको विकासमा सहयोग गर्न महानगरपालिका तयार रहेको बताए ।
उनले शिक्षा क्षेत्र मानव जीवनको प्रमुख ढोका भएकाले सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउनुपर्ने बताए ।
‘नेपाल आदर्श भूतपूर्व विद्यार्थी सहयोगी हातहरु’ संस्थाका अध्यक्ष केदार स्थापितले विद्यालय र शैक्षिक क्षेत्रमा भूतपूर्व विद्यार्थीको आपसी सम्बन्ध विस्तारका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
महानगरपालिकाका प्रमुख शाक्यले विद्यालयका शिक्षक र सहयोगीलाई सम्मानसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्