
उनले ५० हजार भारतीय रुपैयाँको मुचुल्का भर्नुपर्नेछ । उनी दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा छन् । उनी शनिबार साँझसम्म जेलबाट निस्कनसक्ने जनाइएको छ ।
सन् १९९८ मा राजस्थानमा ‘हम साथ साथ हे’ फिल्म सुटिङकाक्रममा जोधपुरमा सलमानको टोलीले संरक्षित जनावर कालो हरिण मारेको अभियोग लगाइएको थियो । सलमानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
सोही फिल्मको छायांकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा लगाइएपनि उनीहरुलाई निर्दोष ठहर गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्