२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जनता र देशप्रति समर्पित भएर काम गर्नोस् : मन्त्री पण्डित


0
Shares

शनिबार पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्दै उनले सरकारले सेवा प्रवाह चुस्त–दुरुस्त बनाउने, हरेक क्षेत्रमा कर्मचारी खटाउने, ऐन–कानुनको पालना गराउने, काठमाडौंमा थुप्रिएका कर्मचारी सबै क्षेत्रमा खटाइने बताए ।

पाल्पामा वि.सं. २०६८ साल माघ १० गते भैरवस्थान गाविसलाई खुला दिसामुक्त घोषणा गरी सुरु गरिएको अभियान ६ वर्षपछि पूरा भएको हो । अब आगामी वर्षदेखि पूर्णसरसफाइ अभियान लागू गरिने भएको छ ।

खुला दिसामुक्त जिल्ला घोषणा गर्न तानसेन बजारमा बाजागाजा, प्लेकार्ड र ब्यानरसहितको र्‍याली निकालिएको थियो ।

यसअघि, पाल्पालाई खोप सुनिश्चित जिल्ला, पूर्णसाक्षर जिल्ला घोषणा गरिसकिएको छ ।