२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


विश्वशान्ति स्थापनामा नेपाली सुरक्षाकर्मीले पुर्‍याएको योगदान अतुलनीय : राष्ट्रसंघ


0
Shares

काठमाडौं, असार १३ । संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले पुर्‍याएको योगदान अतुलनीय रहेको जनाएको छ ।

द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लाष् िनेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौतीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएका हुन् ।

नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा द्वन्द्वग्रस्त मुलुकको संकट निवारण गर्न राष्ट्रसंघलाई आवश्यक परेको फौज खटाएर नेपालले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै उनले महिला शान्ति सैनिकको संख्या वृद्धि गर्ने नेपाली सेनाको प्रतिवद्धताप्रति पनि धन्यवाद दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । –कारोबार दैनिकबाट