१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भाटभटेनी सुपरमार्केटमा लागेको आगो निभाइयो


0
Shares

आज बिहान ४ बजेदेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन बुटवल, भैरहवा र नवलपरासीका चार वटा दमकल प्रयोग गरिएको थियो ।

दमकल, स्थानीयबासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आगो नियन्त्रणमा खटिएका थिए ।

६ तले भवनको छैठौ तलाबाट शुरु भएको आगो पाँचौ तलामा समेत फैलिएको थियो । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन ।

विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।

बुटवलको भाटभटेनी सुपर मार्केट करिव डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो ।