चट्याङ लागेर १० महिने बालकको मृत्यु • Image Khabar Image Khabar


चट्याङ लागेर १० महिने बालकको मृत्यु


Imagekhabar
२५ चैत्र २०७४, आईतवार १०:३३

चट्याङ लागेर १० महिने बालकको मृत्यु

चट्याङले चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको हो । शुक्रबार साँझ साढे ७ बजेतिर घरमै सुतिरहेको बेला चट्याङ पर्दा रमेश कामीका १० महिने छोरा आयुष कामीको मुत्यु भएको छ ।

वडा अध्यक्ष रामबहादुर साउदका अनुसार १६ बर्षीया सीता कामी गम्भीर घाईते भएकी छन् । घाईते सीताको अनुहारदेखि छातीसम्म जलेको उनले बताए ।

चट्याङ लागेर रमेशको घरको गोठमा बाँधिएका ५ बाख्रा, एक गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुई तले घर पुरै जलेर नष्ट भईसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्