
गएरातिदेखि लगातार भइरहेको भारी बर्षाका कारण आजको पहिलो खेल प्रभावित भएको हो । अहिले पनि धनगढीमा सिमसिम बर्षा भईरहेको छ ।
प्रतियोगितामा दुबै टिम प्लेअफमा पुगिसकेका छन् । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । काठमाडौं लगातार ४ खेलमा जित निकाल्दै एक खेल अगाडि नै प्लेअफमा पुगेको छ ।
महेन्द्रनगर पनि चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो ।
शनिबारको पहिलो खेल पनि पनि बर्षाका कारण प्रभावित भएको थियो । खेल हुन नसक्दा शनिबार महेन्द्रनगर यूनाईटेड र सिवाईसी अत्तरीयाले अंक बाँढेका थिए । जसका कारण महेन्द्रनगर यूनाईटेडलाई प्लेअफमा स्थान बनाउन सहज भएको हो ।
आज नै विराटनगर किङ्स र सिवाईसी अत्तरीयाबीच खेल हुनेछ । यो खेलको विजेताले प्ले अफमा स्थान बनाउने छ ।
यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाईटेड र टिम चौराहा धनगढीले प्लेआफमा स्थान बनाईसकेका छन् । आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सिवाईसी अत्तरीयाबीचको विजेता हुने प्लेअफमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्