
मृत्यु हुनेमा तामाङकी आमा बाढीमाया छिन् । अपाङ्ग रहेकी उनी भाग्न नसक्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङको घरबाट सल्केको आगोले सँगै रहेका स्थानीयका अरु ८ घरसमेत जलेर नष्ट भएको छ । ९ घर जल्दा सात करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति ११ बजे सल्केको आगो बिहानमात्र नियन्त्रणमा लिन सकिएको हो ।
आगोले नारायण तामाङसहित टंक श्रेष्ठ, भरत कार्की, तीलाकुमारी दाहाल, निर्मला वि.क., नवराज कार्की, रमेश खतिवडा र टिकामान तामाङको घर जलेर नष्ट भएको हो ।
प्रतिक्रिया दिनुहोस्