२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विशेष अदालतद्वारा परशुराम बस्नेतलाई सफाइ


0
Shares

आइतबार अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

उनले बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत् कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको भन्ने कुरा स्थापित हुन नसकेकाले सफाइ दिइएको बताए ।

बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई सफाइ दिइएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत् रु ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो । रासस