डढेलो नियन्त्रणबाहिर, हार मान्दै स्थानीयले निभाउने प्रयास नै छाडे • Image Khabar Image Khabar


डढेलो नियन्त्रणबाहिर, हार मान्दै स्थानीयले निभाउने प्रयास नै छाडे


Imagekhabar
२६ चैत्र २०७४, सोमबार ०९:२७

डढेलो नियन्त्रणबाहिर, हार मान्दै स्थानीयले निभाउने प्रयास नै छाडे

                                                  फाइल तस्वीर

शनिबार बिहान ९ बजे त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले जानकारी दिए ।

जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको हो । जंगल सकिएपछि मात्र डढेलो आफैं नियन्त्रणमा आउने अवस्था देखिएपछि स्थानीयले आगो निभाउने प्रयास रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्