
महासंघमा सोमबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले डोमालाई सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताए । उनले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा राखे ।
पत्रकार डोमाले महिला सशक्तिकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिइन् । उनले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सगरमाथा आरोहणका लागि उनी मंगलबार सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्