१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


साइकल खेलाडी माइकल गुलेट्सको मृत्यु


0
Shares

पेरिसमा आयोजित ‘पेरिस रुबे’ नामको कठिन साइकल दौडकाक्रममा लडेका २३ वर्षीय गुलेट्सलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएपनि बचाउन नसकिएको हो ।

फ्रान्सको कोबल्स भन्ने अप्ठ्यारो ठाउँमा गरिएको २५७ किलोमिटर लामो पेरिस रुबे रेसमा १०९ किलोमिटर पार गरेपछि उनी साइकलबाट लडेका थिए ।

सो रेस विश्वको सबैभन्दा कठिन साइकल रेसकारुपमा रहेकै कारण यसलाई ‘हेल अफ द नर्थ’ भन्ने गरिन्छ । (एजेन्सी)