१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कालीगण्डकी नदीमा दुई बालक बेपत्ता


0
Shares

कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।

प्रहरीले मंगलबार बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ । (रासस)