Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


लोकतन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा कांग्रेस केन्द्रित : देउवा


0
Shares

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्णकार्यान्वयन र लोकतन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसित बुधबार पार्टी कार्यालय सानेपामा भएको भेटवार्तामा सभापति देउवाले देशलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको स्पस्ट पारे ।

भेटवार्तामा देउवाले लोकतान्त्रिक पद्दतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष मोगेन्स जोनसनको नेतृत्वमा आएको डेनिस सांसदहरुको प्रतिनिधिमन्डलले कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिकाबारेमा चासो व्यक्त गरेको थियो ।

सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दूतावास खोल्न पनि आग्रह गरेका थिए ।

यस्तै, सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहित कांग्रेस नेताहरु सहभागी थिए ।

भेटमा दुई देश र पार्टीहरुबीचको सम्बन्धका विषयमा छलफल भएको कांग्रेसले जनाएको छ ।