
बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको मोटरसाइकलाई विपरीत दिशाबाट आएको माइक्रोबसले मंगलबार बिहान ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलको पछाडि बसेका स्याङ्जा जिल्ला घर भई हाल पोखरा ६ ड्यामसाइड बस्ने वर्ष २२ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने वर्ष २४ का सन्दीप पौडेल सख्त घाइते छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एयरपोर्ट अगाडि जनप्रिय क्याम्पस जाने मोडमा सो दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्