सुगरमिलमा उखुको तातो रस बग्ने ट्यांकी फुट्दा एकजनाको मृत्यु, दर्जन घाइते • Image Khabar Image Khabar


सुगरमिलमा उखुको तातो रस बग्ने ट्यांकी फुट्दा एकजनाको मृत्यु, दर्जन घाइते


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार १५:१६

सुगरमिलमा उखुको तातो रस बग्ने ट्यांकी फुट्दा एकजनाको मृत्यु, दर्जन घाइते

मंगलबार बिहान सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय राम स्नेहीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

गम्भीर घाइते स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिए ।

घाइतेमध्ये रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

घाइतेलाई कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मिल सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्