१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘जलवायु परिवर्तन गर्ने ग्यास उत्सर्जन विकसित मुलुकबाट धेरै’


0
Shares

तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले खानेपानी र वातावरणमा पारेको असर एवं नियन्त्रणकाबारेमा छलफल गरिनेछ ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले एसियाकै कम विकसित राष्ट्रकारुपमा रहेको नेपालले अतिन्यून मात्रामा जलवायु परिवर्तन गर्ने ग्यास उत्सर्जन गरेपनि नेपाल त्यसको शिकार बनिरहेको बताए ।

जलवायु परिवर्तन गर्ने ग्यास उत्सर्जन विकसित मुलुकहरुबाट धेरै हुने भएकाले यसको न्यूनीकरणका लागि पनि विकसित मुलुकहरुले नै ध्यान दिनुपर्ने उनले बताए ।

विभिन्न देशमा भएका पानी, वातावरण तथा जलवायु परिवर्तनमा भएका गतिविधि र जलवायु परिवर्तनले पारेका असर समाधान गर्न भएका खोज, अनुसन्धान नेपालले अवलम्बन गर्नसक्ने आयोजक पक्षको भनाइ छ ।

पानीको स्रोतलाई जोगाउन र अभाव हुन नदिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।