के गर्दैछ अख्तियार ? (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


के गर्दैछ अख्तियार ? (भिडियो रिपोर्ट)


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार १८:४६

के गर्दैछ अख्तियार ? (भिडियो रिपोर्ट)

मुलुकमा एकपछि अर्का ठूला परियोजना र निर्णयहरुमा भ्रष्टाचार भएका खबरहरु सार्वजनिक भइरहन्छन् । तर, अख्तियार भने सुस्ताएको हो कि भन्ने आभास मानिसमा पर्न थालेको छ ।

सरकारको नेतृत्व गर्नेदेखि विभिन्न सरकारी अड्डा–अदालतको नेतृत्व सम्हाल्ने व्यक्तिले सबैभन्दा पहिले भन्ने र खाने कसम हो, ‘भ्रष्टाचार हुन दिन्नँ’ ।

तर, तिनै नेतादेखि तालुकदार अड्डाका कर्मचारीले उक्त पद सम्हाल्दा कहिल्यै भ्रष्टाचार घटेको सुन्न पाइएन । बरु, राज्य र अड्डा–अदालत दुब्लाउँदै जाने र उच्च निकायको नेतृत्व गर्नेको सम्पत्ति फुक्दै जाने आमप्रवृति बनेको छ ।

राज्यकोष मासेर, जनता ठगेर, घुस खाने दन्डित हुनेभन्दा समाजमा उनीहरुको उल्टै रवाफ बढेको छल्र्लंगै छ ।

यी सबै बेथिति र दुराचारको नियन्त्रण एवं कारबाही गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने मौसमी चर्चामै अल्झिएझैं लाग्छ ।

केही हजार र लाखमा घुस खानेलाई निशानामा पारेको देखिएपनि नीतिगत भ्रष्टाचार, ठूला परियोजनाहरुमा करोडौं र अर्बौंको दोहन गर्नेहरु उम्किरहेको आम मानिसको बुझाइ छ ।

अख्तियारले चलाएका मुद्दा पनि अदालतमा पुगेपछि फितलो हुने र अभियुक्त सामान्य रकम धरौटीमा छुट्नेजस्ता घटनाले आमसर्वसाधारणमा भ्रष्टाचारविरुद्ध विश्वास जगाउन सकेको छैन । तर, अख्तियार भने आममानिसको बुझाइसँग सहमत छैन ।

अख्तियार नेतृत्वकाअनुसार उसको ध्यान यतिबेला भ्रष्टाचारमा संलग्नलाई नियमित कारबाहीका अतिरिक्त नयाँ बनेको स्थानीय तहमा केन्द्रित छ ।

प्रदेश र स्थानीय तहमा भ्रष्टाचार हुन नदिन अहिले प्रवद्र्धनात्मक काममा लागिरहेको आयोगको भनाइ छ ।

स–साना आकारका घुस र भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही गरेको देखिएपनि ठूला र उच्च तहमा रहेर नीतिगत भ्रष्टाचार गर्ने राजनीतिक र कर्मचारीतर्फ भने अख्तियारले काम गर्न नसकेको हो कि भन्ने गुनासोमा अख्तियारको बचाऊ छ ।

अदालत पुर्‍याइएका मुद्दाबाट अभियुक्तले सफाइ पाउने गरेका सन्दर्भमा कतै अनुसन्धान नै फितलो पो भएको हो कि भन्ने सन्दर्भमा सबैको सामूहिक प्रयास र इमान्दारिताबाटमात्र राज्यविरुद्धको अपराधमा सफलता पाउनसकिने तर्क अख्तियारको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्