
मंगलबार फिदिम माविको खेल मैदानमा भएको खेलमा ‘टाइब्रेकर’मा ४–२ को जित निकाल्दै सुनसरी सेमिफाइनलमा पुगेको हो ।
खेलको निर्धारित् समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ न्यू स्टारका गोलकिपर विवश चौधरी घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बुधबार विजय युथ क्लब हेटौंडाले साविक विजेता बिर्ता युनाइटेड झापाको सामना गर्नेछ ।
८ टिम सहभागी प्रतियोगिताको विजेता टिमले ३ लाख ५ हजार ५५५ तथा उपविजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार जित्ने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्