राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता • Image Khabar Image Khabar


राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार २०:२४

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणकाबारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा मंगलबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणकाबारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत उच्चपदस्थ पदाधिकारीकोसमेत उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्