२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलवस्तुबाट माओवादी केन्द्रका एक नेता बेपत्ता, खोजीका लागि परिवारको आग्रह


0
Shares

                                  पत्रकार सम्मेलनमा तिवारीका परिवार, इन्सेटमा बेपत्ता तिवारी 

बाणगंगा नगरपालिका–६ कोपवा घर भई हाल कपिलवस्तु नगरपालिका ३ बस्ने सुशील तिवारी चैत २६ गते दिउँसोदेखि बेपत्ता भएका हुन् । तिवारी नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समितिका सदस्य रहेको पार्टी इन्चार्ज भानु प्रकाश श्रेष्ठले जानकारी दिए ।

दिउँसो घरबाट तौलिहवा गएका उनी साँझसम्म घर नआएपछि खोजिगरिदिन परिवारले आग्रह गरेको उनका दाई अनिल तिवारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

तिवारी चढ्ने मोटरसाइकल कपिलवस्तु नगरपालिका कार्यालय अगाडि भेटिए पनि उनका बारेमा केही पत्तो लाग्न सकेको छैन ।