Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता लाग्दैनन्ः गगन थापा


0
Shares

कन्चनपुर । नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्ने दाबी गरेका छन् ।

निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यवद्धता जनाउन कञ्चनपुर पुगेका नेता थापाले कांग्रेसका कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्रीको क्षमताको अभावकै कारण अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेको बताएका हुन् ।

कार्यकर्तासँगको छलफलपछि नेता थापाले अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका परिवारसँग भेट गरे ।

उनले न्यायका लागि सुरु भएको अनिश्चितकालीन धर्नाप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए ।