२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पेनाल्टी सुटआउट प्रतियोगिता हुने


0
Shares

बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताकाबारेमा जानकारी गराएको हो ।

प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमाजस्तै यो वर्ष पनि यही चैत ३० गते रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता हुने बताए ।

उनले प्रतियोगितामा ३२ वर्षभन्दामाथि उमेरकालेमात्रै सहभागिता जनाउनसक्ने जानकारी दिए ।

प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत ३० गते अपराह्न ४ बजेदेखि सुरु भइ राति १२ बजे नयाँवर्ष २०७५ लाई स्वागत गर्दै समापन गरिनेछ ।

३२ ओटा टिमको सहभागिता रहने प्रतियोगितामा विजेता टिमले नगद एक लाख र ट्रफी, उपविजेताले ५० हजार र ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपरले १० हजार, उत्कृष्ट स्कोररले १० हजार र सबैभन्दा पाको उमेरका खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिता हेर्न आउने दर्शकहरुमध्ये गोलाप्रथाबाट एकजनालाई धनगढीमा रहेको होन्डा मोटरसाइकलको आधिकारिक बिक्रेता कुमारी ट्रेडर्सको तर्फबाट होन्डा कम्पनीको एउटा नाभी मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।

त्यसका लागि दर्शकहरुले १०० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरिएको आयोजक एसटीएस पेनाल्टी सुटआउट प्रतियोगिताका संयोजक श्रेष्ठले बताए ।