१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डीआइजी रमेश खरेलले दिए राजीनामा, गृह मन्त्रालयद्वारा स्वीकृत


0
Shares

गृह मन्त्रालयले बुधबार उनको राजीनामा स्वीकृत भएको जनाएको छ ।

प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि खरेलले बुधबारै पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डीआइजी वरीयताको पहिलो नम्बरमा रहेका डीआइजी सर्वेन्द्र खनाललाई बढुवा गर्दै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेसँगै खरेलले राजीनामा दिएका हुन् ।

डीआइजी वरियतामा खरेल दोस्रो नम्बरमा रहँदा तेस्रो नम्बरमा पुष्कर कार्की थिए ।