Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


‘खुला परीक्षापछिमात्र अस्थायी शिक्षकको परीक्षा’


0
Shares

विभिन्न शिक्षक संगठनले बिहीबार बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाइ कार्यक्रममा उनले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछिमात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी दिए ।

उनले अब चाँडै बाल शिक्षा, विद्यालय शिक्षा र उच्च शिक्षाको समायोजन हुने बताए ।

प्रदेश नम्बर–२ मा एक लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको जानकारी दिँदै मन्त्री पोखरेलले यस वर्षको भर्ना अभियानमा सम्पूर्ण बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनमा सबै सरोकारवालालाई आह्वान गरे ।

जिल्ला शिक्षा कार्यालयलाई खारेज गरेर आजैदेखि शिक्षा विकास समन्वय एकाइ समिति गठन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले समन्वय समितिमा पाँचदेखि ९ जनाको दरबन्दी रहने बताए ।

कार्यक्रममा एकीकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य केदारबहादुर कोइरालाले शिक्षकहरुमा भएको विभेद अन्त्य गर्न मन्त्री पोरखेलसँग आग्रह गरेका थिए । रासस