
बिहीबार राजधानीमा ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानुन र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालिम’को समापन गर्दै उनले भने–‘जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ । त्यसैले तपाइँहरुले जिम्मेवारपूर्ण ढंगले काम गर्नोस् ।’
विभिन्न जिल्लाका प्रजिअ र गृह मन्त्रालयका अधिकारी सम्मिलित तालिमका सहभागीलाई सम्बोधन गर्दै गृहमन्त्रीले भने–‘प्रजिअ र प्रहरी प्रमुखले अपराधीलाई नियन्त्रण नगरी उनीहरुसँग मिलेर काम गरे भने गृह प्रशासनको पनि त्यहीरुपमा चित्र जनतामाझ प्रस्तुत हुन्छ । यसतर्फ तपाइँहरु सचेत हुनोस् ।’
गृहमन्त्री थापाले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारबाही गरिने चेतावनी दिए ।
उनले भने–‘तपाइँहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिनेगरी काम गर्ने ? यसको जवाफ स्थानीय प्रशासक र स्थानीय सुरक्षाकर्मीले दिनुपर्ने हुन्छ । हामीले ठीक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ ।’
राजनीतिक परिवर्तनसँगै प्रहरी ऐन, सार्वजनिक सुरक्षालगायत ऐन परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी उनले दिए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालिमले व्यावसायिक, स्वतन्त्रतापूर्व र तटस्थरुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्