Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


नेपाल–जापान सीधा हवाई सेवाका लागि मन्त्रीको प्रस्ताव


0
Shares

काठमाडौं, मंसिर ५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा सुरु गर्न जापानसँग प्रस्ताव गरेका छन् ।

जापान भ्रमणमा रहेका मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पनि मन्त्री ज्ञवालीले जापानलाई यस्तो आग्रह गरेका हुन् । नेपालले हालै भित्र्याएका दुईवटा वाइड बडी विमानका लागि गन्तब्य खोज्ने क्रममा नेपालले सीधा हवाई उडानका लागि जापानसँग प्रस्ताव गरेको हो । –राजधानी दैनिकबाट