Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


विराटनगरबाट पनि माउन्टेन फ्लाइट


0
Shares

काठमाडौं, मंसिर ५ । विराटनगरका पर्यटन व्यवसायीले विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएका छन् ।

विराट होलिडेले हिमालय शृंखलाको अवलोकन गराउन माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । होलिडेका अध्यक्ष भविश श्रेष्ठले प्रदेश १ मा रहेका पर्यटकीय स्थलहरुबाट लाभ उठाउन जहाज भाडामा लिएर भए पनि माउन्टेन फ्लाइट गराउने तयारी गरेको बताए ।

श्रेष्ठले आउँदो शनिबारबाट सुरु हुने माउन्टेन फ्लाइट प्रत्येक शनिबार बिहान ६ः३० बजेदेखि ७ः३० बजेसम्म हुने बताए । –कान्तिपुर दैनिकबाट