
काठमाडौं, बैशाख १ । अवैध रुपमा नेपाल प्रवेश गरेको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा समातिएका एक अभियुक्तले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका छन् ।
उक्त सुन कान्डमा संलग्न रहेको अभियोगमा बर्दियाको राजापुर निवासी प्रेम चौधरीले महानगरीय प्रहरी बृत्त सिंहदरबारको थुनुवा कोठामा नै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सिंहदरबार प्रहरीको लापरवाहीका कारण चौधरीले आत्महत्या गरेको पीडितका परिवारले बताएका छन् ।
त्रिभुवन विमानस्थलमा लोडरका रुपमा कार्यरत रहेका चौधरीको आत्महत्यापछि प्रहरी प्रमुख अपिल बोहोरालाई महानगरीय आयुक्त कार्यालयले आन्तरिक रुपममा छानविन गरिरहेको छ ।
-नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्