एसइईको नतिजा प्रकाशनमा त्रुटि हुँदा के भयो ? अब के ? (भिडियो) • Image Khabar Image Khabar


एसइईको नतिजा प्रकाशनमा त्रुटि हुँदा के भयो ? अब के ? (भिडियो)


Imagekhabar
१२ असार २०७५, मंगलवार ०८:१०

एसइईको नतिजा प्रकाशनमा त्रुटि हुँदा के भयो ? अब के ? (भिडियो)

प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, असार १२ । विद्यालयस्तरीय एसइई परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

गत शनिबार साँझ प्रकाशित नतिजा आइतबार फरक परेपछि विद्यार्थी तथा अभिभावकहरु तनाबमा परेका थिए ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आइतबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३.६५ देखि ४ जीपीए ल्याउने १७ हजार ७९९, ३.२५ देखि ३.६० ल्याउने ४७ हजार १२८, २.८५ देखि ३.२० ल्याउने ४८ हजार ५५४, २.४५ देखि २.०८० ल्याउने ६७ हजार ३६३, २.०५ देखि २.४० ल्याउने ८८ हजार १०७, १.६५ देखि २ ल्याउने १ लाख ४६८, १.२५ देखि १.६० ल्याउने ३५ हजार ५७९ जना विद्यार्थी छन् ।

यस्तै, ०.८५ देखि १.२० ल्याउने २ हजार ४५६ जना विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

पछिल्लो नतिजाअनुसार ३.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ३ हजार ५६५ जनाले बढेको छ भने ३.२५ देखि ३.६० ल्याउने ९९८ जनाले बढेको छ ।

तर, ०.८५ देखि १.२० ल्याउने विद्यार्थी संख्या ५८ हजार ६८८ जना रहेकोमा पछिल्लो दिनको नतिजाअनुसार उक्त संख्या २ हजार ४५६ मात्र देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले विषयगत ‘ग्रेडिङ’ छुट्याउनेक्रममा नतिजामा त्रुटि भएको पत्ता लागेको बताए ।

यो वर्ष ३८ हजार ३५ जना विद्यार्थीले रोजेको विषय पढ्नबाट बन्चित हुने देखिएको छ । १.६० भन्दा तलको जीपीए ल्याउने विद्यार्थीहरुले रोजेको विषय पढ्न पाउने छैनन् ।

बोर्डका अध्यक्ष डा. पौडेलले छानबिन समितिले जे निर्णय गर्छ, त्यो स्वीकार्ने बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्