६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


महिलाले जन्माइन् मन्दिरमा शिशु


0
Shares

सप्तरी, मंसिर ४ । राजविराजस्थित राम मन्दिरमा मंगलबार साँझ एक महिलाले शिशु बालिका जन्माएकी छन् ।

स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३, कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् ।

स्वास्थ्य जाँच गराएर घर फर्कनेक्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् ।

सोही बेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै बच्चा निक्लिएकाले मन्दिरमा भजन–कीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको प्रत्यक्षदर्शी बिसोलाल यादवले बताए ।

भजन–कीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । रासस