
जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् ।
उनलाई शनिबार सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ ।
सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वाधिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ ।
छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् ।
रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्