२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दुर्घटनामा कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते


0
Shares

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना२ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो ।

जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् ।

ट्रकको ठक्करपछि जिप सडकमा पल्टिएको थियो ।

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । (रासस)