रुकुम पुगेर श्रम गर्दै विदेशी नागरिक, एकीकृत स्रोत केन्द्र निर्माण हुँदै • Image Khabar Image Khabar


रुकुम पुगेर श्रम गर्दै विदेशी नागरिक, एकीकृत स्रोत केन्द्र निर्माण हुँदै


Imagekhabar
२ बैशाख २०७५, आईतवार ०८:३७

रुकुम पुगेर श्रम गर्दै विदेशी नागरिक, एकीकृत स्रोत केन्द्र निर्माण हुँदै

करीब १० लाख रुपैयाँको लगानीमा उनीहरुले सूचना केन्द्र, लाइब्रेरी, कृषि प्रयोगशाला लगायत प्रयोजनका लागि एकीकृत स्रोत भवन बनाउन लागेका हुन् । उक्त भवन निर्माणमा फ्रान्स लगायत १८ देशका विदेशी पर्यटक पाँच महिनादेखि काममा जुटेका हुन् ।

रुकुम पुगेर श्रम गर्दै विदेशी नागरिक, एकीकृत स्रोत केन्द्र निर्माण हुँदै

स्वयंसेवकका रुपमा कार्यरत उनीहरुले नै भवनदेखि शौचालय निर्माणसम्म कामको सबै लागत पनि ब्यहोरेका छन् । भवनको काम करीब ६० प्रतिशत सकिएको छ ।

१५ जना स्थानीयले रोजगारी पनि पाएका छन् । सडक, बिजुली र खानेपानी गाउँमै पुगेको छ । स्रोत केन्द्रमा रंगशाला, पुस्तकालय, बालउद्यान, ग्रिनहाउस, संगीत तथा कलाकेन्द्र, बहुउद्देश्यीय सभाहल, आईटीलगायतका संरचना बन्ने छन् ।
भूकम्प प्रतिरोधी उक्त भवन दुई महिनाभित्र पूरा हुने बताइएको छ ।

रुकुम पुगेर श्रम गर्दै विदेशी नागरिक, एकीकृत स्रोत केन्द्र निर्माण हुँदै

विकासका लागि संयुक्त अभियान नेपालले उनीहरुलाई दहवाङ ल्याएको हो । एकीकृत स्रोत केन्द्र निर्माणका लागि हालसम्म १ सयभन्दा बढी विदेशीले श्रम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्