१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


इलाममा बम विस्फोट, गाउँपालिकाको भवनमा क्षति


0
Shares

गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी गएराति बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको तर भवनका नौ वटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको छ ।

घटना कसले गराएको हो भन्नेबारे अझै नखुलेको प्रहरीको भनाइ छ । विस्फोटबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।