
हिजो नयाँ वर्षको अवसरमा एकदिन सडक दिनभर खुल्ला गरिएको थियो ।
आजदेखि फेरि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरी निर्माण थालिने आयोजनाले जनाएको छ । सडक निर्माण पूरा हुन अब करीब १२ प्रतिशतमात्र काम बाँकी रहेको जनाइएको छ ।
विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई मुग्लिनतर्फ जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरेनीका विभिन्न क्षेत्रमा रोकिने छ ।
८८ प्रतिशत काम सकिएको सडक आगामी मे ३० सम्ममा सम्पन्न गर्ने गरी अन्तिम समयावधि थपिएको थियो ।
भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३ दशमलव २ किलोमिटर रहेको सडकको २८ दशमलव ५ किलोमिटर सडक पहिलो तह पिच भइसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५ किलोमिटर पिच भएको छ ।
प्रतिक्रिया दिनुहोस्