२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


म्याग्दीको अन्धगल्छी संकटमा, विश्वकै ठूलो गल्छीको संरक्षणमा जोड


0
Shares

उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्व तथा ४ नम्बर प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजका काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदुरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छी संकटमा परेको हो ।

सडकले गल्छी नै संकटमा पारेकाले समयमै संरक्षण गर्नुपर्ने अन्नपूर्ण ३ का वडासदस्य हस्तबहादुर पुन बताउँछन् ।

सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाए पनि बजेट अभावमा मर्मत हुन सकेको छैन ।

चीनको तिब्वतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालिगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ ।