२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकार अधिनायकवादतर्फ उन्मुख, कांग्रेसले डटेर लड्ने समय आयो : देउवा


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस महासमिति बैठकको राजनीतिक मस्यौदा सुझाव संकलन कार्यक्रमको मंगलबार विराटनगरमा उद्घाटन गदै उनले न्यायालयमा हस्तक्षेप गरेको सरकारले अब सेना, प्रहरीमासमेत हस्तक्षेप गर्ने योजना बनाएको दाबी गरे ।

सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएकाले त्यसविरुद्ध कांग्रेसले डटेर लड्ने समय आएकोसमेत बताए ।

कम्युनिस्ट नेतृत्वको सरकारबाट देशलाई मुक्त गर्न नेपाली कांग्रेस एकजुट हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको दोषीलाई सरकारले नै लुकाउन चाहेको उनको आरोप थियो ।

कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारलाई आफूले जे गरेपनि हुने दम्भ पलाएको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली सबै शक्ति अहिले आफूमा निहीत गर्नमा अग्रसर बनेको आरोपसमेत उनले लगाए ।