२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्री पोखरेलको आग्रह


0
Shares

काठमाडौं, बैशाख २ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियानमा सहयोग पुर्‍याउन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा आइतबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विपन्न, गरिव, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका बर्ग क्षेत्र र समुदायका शिक्षाबाट बन्चित एक जना बच्चालाई विद्यालय पु¥याउने जिम्मा लिन सबैलाई आग्रह गरे ।

विद्यार्थीको अविभावकत्व लिनेले एक बर्ष स्टेसनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरे अर्को बर्षदेखि विद्यार्थीको सम्पूर्ण खर्च मन्त्रालयले नै व्यहोर्ने मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले भर्ना अभियान सफल गराउन आगामी बैशाख ५ गतेलाई भर्ना अभियानको विशेष दिवसको रुपमा मनाइने बताए ।

तराईका धेरै बालबालिकाहरु विद्यालय जानबाट बन्चित रहेकाले तराईमा विशेष भर्ना अभियान चलाउने उनको भनाई थियो ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा भर्ना गराउन सरकारले जोड दिएको भन्दै निजी विद्यालयमा भर्ना गराउनेलाई प्रोत्साहान गर्ने बताए ।

यसैबीच मन्त्री पोखरेलले आफनो तीन महिने कार्ययोजना समेत सार्वजनिक गरेका छन् ।

जसमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान , विद्यालय पूर्वाधार तथा गुणस्तरिय मापदण्ड , कक्षा १ देखी ३ सम्मको एकीकृत पाठ्यपुस्तक निर्माण लगाएतका विषय समावेश गरिएको छ ।